Wednesday, January 8, 2020


"माैसमका बेमाैसमि स्वादहरू"

माैसमका बेमाैसमि स्वादहरू
उमेरैमा लागेका जवानिका उन्मादहरू

साेच्दैछु, म अाज
कुन समयकाे खहरेले बगाएर लग्याे ?
जिन्दगिका इन्द्रेणिझैँ देखिने
कुन रङ्गिचङ्गि भ्रमहरूका याेवनले ठग्याे ?

जीवन भित्रका लाखाैँ कराेडाैँ रहरहरू
जीवन भित्र जीवन जिउने कलाहरू
कसैकाे स्वप्नदाेषले लत्पतिएकाे मुटु भित्र
अत्यासलाग्दाे हुरिबतासझैँ जिन्दगानि उँडाइ लियाे

माैसमका बेमाैसमि स्वादहरू
उमेरैमा लागेका जवानिका उन्मादहरू

झट्ट छिचाेलेर बसन्तका प्रहरहरू
रात - साँझ - बिहानि अनि दिनहरू
यसै यसै बित्दैछन् बिताउँदैछन्
मेरा मस्तिष्कमा छुरा राेपिएका यी घायल भावनाहरू

कारण, कारूणिक कारकहरूका विवश कारणहरू
मसगँ नितान्त अलग्गिएका ती संवेदनाहरू
थिच्दा थिच्दै निसास्सिएका मनका श्वासहरू
बुझाई र भाेगाईका ज्ञान चक्र भित्र लट्पट्टिएका मेरा जिवनहरू

साेच्दैछु, म अाज
कुन समयकाे खहरेले बगाएर लग्याे ?

माैसमका बेमाैसमि स्वादहरू
उमेरैमा लागेका जवानिका उन्मादहरू ।।

- By Jeevan Dahal (JeevDsk)